जुवा खेलिरहेको अवस्थामा नगदसहित १६ जना पक्राउ

94 Shares

काठमाडौं । प्रहरीले जुवा (कौडा) खेलिरहेको अवस्थामा नगद रु १३ लाख बढी र कौडासहित १६ जनालाई नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको छ ।

काभ्रेपलान्चोक, खानी खोला गाउँपालिका–६ का ४२ वर्षीय रेशमबहादुर घ्यावा, सिन्धुपाल्चोक, सुनकोसी गाउँपालिका–३ का ३१ वर्षीय सुमन गिरी, दोलखा, सुरी गाउँपालिका–६ की ४५ वर्षीया हेमा गुरुङ, चितवन, कालिका नगरपालिका–९ की ४० वर्षीया शान्ता लामा, काभ्रेपलान्चोक, मण्डनदेउपुर नगरपालिका–१० का ४० वर्षीय नवराज नेपाल, सिन्धुपाल्चोक, सुनकोसी गाउँपालिका–४ का ३८ वर्षीय अमर तामाङ, नुवाकोट, ककनी गाउँपालिका–६ का ४० वर्षीय रमन लामालाई पक्राउ गरिएको छ ।

त्यस्तै, नुवाकोट, ककनी गाउँपालिका–६ का ३७ वर्षीय नवीनकुमार लामा, सोही ठाउँका ३३ वर्षीय सन्तोष डङ्गोल, ३९ वर्षीय चित्रबहादुर लामा, ६२ वर्षीय मङ्गलबहादुर तामाङ, झापा, कनकाई नगरपालिका–५ का ४३ वर्षीय टीकाराम बराल, ललितपुर महानगरपालिका–१४ का ४८ वर्षीय उमेश चौधरी, नुवाकोट, शिवपुरी गाउँपालिका–६ का ३४ वर्षीय सुजन तामाङ, सिन्धुपाल्चोक, सुनकोसी गाउँपालिका–३ का ३५ वर्षीय सरोज गिरी तथा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–९ का यसबहादुर तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार आज बिहान अन्दाजी ६ः१२ बजेको समयमा काठमाडौँ महानगरपालिका–२७ स्थित गाउँवेशी थकाली भान्साघरमा कौडा खेलिरहेको भन्ने सूचना आधारमा प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरी टोली उक्त स्थानमा पुगी जाँच गर्दा हारजित हुने गरी जुवा (कौडा) खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

१६ थान कौडा थान र नगद रु १३ लाख १७ हजार १२५ सहित नियन्त्रणमा लिइएका उनीहरुबारे अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए ।