काठमाडौँ । प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जना पक्राउलाई पक्राउ गरेको छ । विभिन्न जिल्लाबाट खटिएको प्रहरीको टोलीले काठमाडौँ, सिराहा, कैलाली, बाँके, धनुषा, कञ्चनपुर र पर्साबाट शनिबार र आज गरी १६ जना पक्राउ गरी सार्वजनिक गरेको हो ।
काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीबाट अवैध लागुऔषध गाँजा करिब ६६० ग्रामसहित कामपा–८ पशुपति क्षेत्रमा बस्ने सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय भक्तबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँको चन्द्रागिरी नगरपालिका–८ धास्की डेरा गरी बस्ने चितवन घर भएका ३२ वर्षीय सुगम मैनालीसहित पाँच जना, सिराहाको गोलबजार नगरपालिका–८ पुरानो चौहर्वाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ चार ग्राम ५६ मिलिग्रामसहित २३ वर्षीय जयकुमार नायक पक्राउ परेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–२ नयाँबजारबाट एक, धनगढी उपमहानगरपालिका–३ बोराडाँडीबाट एक, बाँकेको खजुरा गाउँपालिका–३ बिगाउँबाट सुमन थापामगरसहित तीन, धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ बाट एक जना पक्राउ परेका छन् ।
त्यस्तै, कञ्चनपुरको लालझाँडी गाउँपालिका–२ बाट दुई र पर्साको बिन्दवासिनी गाउँपालिका–४ मधवलबाट गाँजा जस्तो देखिने पदार्थसहित हेटौँडा उपमहानगरपालिका–३ का २३ वर्षीय दिपेश तामाङलाई इलाका प्रहरी कार्यालय पोखरीयाको टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया