काठमाडौँ । भक्तपुरको सुर्यविनायक–१ स्थित सुधार केन्द्रमा राखिएका एकजनाको शंकास्पद मृत्यु भएको छ ।
तीन दिनअघि बिरुवामा सञ्चालित उत्साहित सुधार केन्द्रमा राखिएका करिब ४४ वर्षीय उमेश खड्गीको शंकास्पद मृत्यु भएको हो । मदिराको लत छुटाउन सुधार केन्द्रमा राखेको तीन दिनपछि आइतबार बिहान सञ्चालकले फोन गरेर घटनाबारे जानकारी गराएको परिवारका सदस्यहरूले बताएका छन् ।
घटनाबारे अनुसन्धान गर्न प्रहरीले सुधार केन्द्रका अध्यक्ष गौतम श्रेष्ठसहित ५ जनालाई पक्राउ गरेको छ । अध्यक्षसहित पाँच जनालाई अनुसन्धानका लागी नियन्त्रणमा लिइएको भक्तपुरका एसपी सुर्य खड्काले बताए ।
सुधार केन्द्रमा बेहोस भएपछि खड्गीलाई मध्यपुर अस्पतालमा लगेको र त्यहाँ मृत्यु भएको सञ्चालकले प्रहरीलाई बताएका छन् । मध्यपुर अस्पतालबाट उनको शव पोष्टमार्टमका लागी दुवाकोटस्थित केएमसी अस्पतालमा पठाइएको छ ।
खड्गीको मृत्यु भएपछि परिवार र आफन्तले सुधार केन्द्रमा तोडफोडको प्रयास गरेका थिए । अहिले त्यहाँ प्रहरी र सशस्त्रको टोली परिचालन गरिएको एसपी खड्काले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया