काठमाडौं । अविरल वर्षासँगै सोलुखुम्बु र ओखलढुंगासहित देशका ३५ जिल्लामा आइतबार आकस्मिक बाढीको जोखिमको पूर्वानुमान गरिएकाे छ।
बाढी पूर्वानुमान महाशाखाले कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको हाे। आइतबार झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बर्दिया, कैलाली, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएकाे छ ।
साेही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे । महाशाखाले त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी लगायत केही ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया