एजेन्सी । बंगलादेशको निर्वाचन आयोगले राष्ट्रपतीय चुनाव यहि अगस्ट २० तारिखमा हुने घोषणा गरेको छ।
आयोगका वरिष्ठ सचिव अख्तर अहमदले बिहीबार राजधानी ढाकामा पत्रकार सम्मेलनमार्फत यस्ताे घोषणा गर्दै नामांकन पत्र अगस्ट १३ सम्म बुझाउनुपर्ने बताउनुभएकाे हाे। उहाँले राष्ट्रपतीय चुनावका लागि संसद् सचिवालयबाट ३ सय ५० जना सांसदहरू समावेश भएको मतदाता नामावली आयोगले पहिले नै प्राप्त गरिसकेको बताउनुभएकाे छ।
बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीन चुप्पुले जुलाई २४ मा गम्भीर बिरामी रहेको कारण देखाउँदै बंगलादेशको संसद्का सभामुख हाफिज उद्दीन अहमदलाई पत्र बुझाएर राजीनामा दिनुभएकाे थियाे। संसद सचिवालयले त्यसपछि सञ्चारमाध्यमलाई उहाँको राजीनामापछि संसद्का सभामुख हाफिज उद्दीन अहमदले संविधानअनुसार राष्ट्रपतिको कार्यभार सम्हाल्न शुरु गरेकाे जानकारी गराएको थियो ।
बंगलादेशको संविधान अनुसार सांसदहरू नै राष्ट्रपतीय चुनावका मतदाता हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया