काठमाडाैं । हाल देशैभर मनसुनी वायुको प्रभाव रहेको छ।
माैसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएकाे हाे।देशैभर आंशिक बादल लागेको जनाएकाे छ।
त्यस्तै, शुक्रबार दिउँसाे भने देशैभर साधारणतया बादल लाग्ने भएकाे हाे। देशको हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे छ। देशको पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे हाे। तराई भू-भागको केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।
त्यस्तै, शुक्रबार राति भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे। मधेश लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागको केही स्थानमा मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेकाे हाे।
देशका तराई भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे छ। कोशी र बागमती प्रदेशको हिमाली तथा पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे हाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया