काठमाडाैं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा २६ साउनमा स्वदेश फर्किन लाग्नुभएकाे छ । देउवा २६ साउनको बेलुकी स्वदेश फर्किन लागेकाे कांग्रेस नेता डा. प्रकाशशरण महत जानकारी दिनुभएकाे हाे । देउवा गत १३ फागुनमा उपचारका लागि सिंगापुर जानुभएकाे थियाे ।
त्यहाँबाट उहाँ थप उपचारका लागि हङकङ प्रस्थान गर्नुभएकाे थियाे । उहाँले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायलाई पत्र पठाउँदै आफू साउनभित्रै स्वदेश आउने जानकारी पनि गराउनुभएकाे थियाे ।
देउवापक्षले पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा २९ देखि ३१ साउनसम्म राष्ट्रिय भेला गर्न लागेकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया