काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीमध्ये निर्मल पुर्जा (निम्स दाइ) सहित तीन नेपाली आरोहीको शव आधार शिविर ल्याइएको छ ।
प्रतिनिधिसभा सदस्य मिङ्माडेभिड शेर्पाले पुर्जासहित जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव संकलन गरी आधार शिविर ल्याइएको जानकारी दिनुभएको हो ।
उहाँका अनुसार कठिन मौसम र भौगोलिक अवस्थाका बीच मिङ्मा जीको नेतृत्वमा उद्धार टोलीले शव संकलन गरेको हो । सांसद शेर्पाले जोखिमपूर्ण उद्धार कार्यमा संलग्न टोलीप्रति आभार व्यक्त गर्नुभएको छ ।
यस घटनामा अझै तीन आरोहीको शव फेला पर्न नसकेको उहाँले जानकारी दिनुभयो । गत शुक्रबार पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा परी निर्मल पुर्जासहित ६ नेपाली र ४ विदेशी गरी १० आरोहीको मृत्यु भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया