काठमाडौं । संसारमा कुनै समय शक्तिशाली र स्वतन्त्र रहेका केही देश आज इतिहासमा मात्र सीमित छन्। युद्ध, राजनीतिक परिवर्तन, विलय, विघटन र विदेशी कब्जाका कारण ती देशहरूको अस्तित्व समाप्त भएको हो।कतिपय देश अर्को राष्ट्रमा गाभिए भने केही टुक्रिएर नयाँ राष्ट्र बने। उदाहरणका रूपमा पूर्वी र पश्चिम जर्मनीको एकीकरण, सोभियत संघको विघटन तथा पूर्वी पाकिस्तानबाट बङ्गलादेशको स्थापना उल्लेखनीय छन्।वर्ल्ड पपुलेशन रिभ्युका अनुसार अहिले अस्तित्वमा नरहेका चर्चित देशहरूमा प्रूशिया, रिपब्लिक अफ टेक्सस, यूगोस्लाभिया, चेकोस्लोभाकिया, किङडम अफ हवाई, भर्मान्ट र ग्रान कोलम्बिया पर्छन्। यी देशहरू अहिले विभिन्न राष्ट्रमा समाहित भइसकेका छन् र त्यहाँका नागरिकहरू सम्बन्धित देशका नागरिक बनेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया