काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर उपचारका क्रममा मंगलबार बिहान निधन भएका रवीन्द्र मेहताका परिवारले शव बुझ्न अस्वीकार गरेका छन् ।
मेहताका परिवारसँग गृहमन्त्री सुधन गुरुङले त्रिवि शिक्षण अस्पताल पुगेर छलफल गरेका थिए । तर सहमति जुट्न नसकेपछि आजका लागि छलफल टुंगिएको छ । उच्च स्रोतका अनुसार भोलि पुनः दोस्रो चरणको छलफल हुने छ ।
यद्यपि वार्ता सकारात्मक भएको बताइएको छ । उनको शव पोस्टमार्टमका लागि बुझ्न परिवार तयार भएको र मृतकका बुवा–आमा आएपछि पुनः छलफल गर्नेगरी आजको छलफल सकिएको छ ।
रवीन्द्रको शव अस्पतालमै राखिएको छ । यही साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको घटनामा घाइते भई शिक्षण अस्पतालमा उपचाररत २२ वर्षे मेहताको उपचारका क्रममा मंगलबार निधन भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया