बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

29 Shares

काठमाडौं । अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न समिति गठन गरेको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशीलकुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।

समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापामगर सदस्य रहेका छन् । समितिलाई बिमा क्षेत्र सुधारको अध्ययन र सुझाव पेस गर्न ९० दिनको समय तोकिएको मन्त्री डा वाग्लेको सचिवालयले जनाएको छ ।