राजविराजमा निशेषधाज्ञा हटयो

105 Shares

जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा  लगाईएको निषेधाज्ञा सोमबार बिहानबाट पूर्ण रूपमा हटाएको छ। सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार सुनसरीको देवानगञ्जमा भएको घटनापछि दुई समुदायबीच उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै जिल्लामा कर्फ्यु तथा निषेधाज्ञा जारी गरिएको थियो । आइतबार जिल्ला प्रशासनको समन्वयमा राजविराजसहित  जिल्लाका विभिन्न स्थानमा शान्ति तथा सद्भाव र्‍याली आयोजना गरेर विभिन्न समुदाय तथा, राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणको सहभागितामा छलफल गरि शान्ति कायम गर्ने निश्कर्ष गरियो  त्यस पछि प्रशासनले जिल्लामा हाल शान्ति(सुरक्षा अवस्था सामान्य रहेको जनाउँदै सबैलाई आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्न आग्रह गरेका थिए ।