काठमाडौं। श्रावण महिनाको तेस्रो सोमबार भगवान् शिवको दर्शन तथा पूजा–आराधनाका लागि पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालुको उल्लेख्य भीड लागेको छ।
साउने झरी निरन्तर परिरहे पनि दर्शनार्थीहरू छाता ओढेर र वर्षामै भिजेर लामबद्ध भई दर्शनका लागि पालो कुरिरहेका छन्।
श्रावण महिनाका सोमबारलाई भगवान् शिवको आराधनाका लागि विशेष शुभ मानिने धार्मिक विश्वासका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट श्रद्धालु पशुपतिनाथ आउने गर्दछन्।
मन्दिर परिसरमा सुरक्षा व्यवस्थासँगै दर्शनलाई व्यवस्थित बनाइएको छ। साउने झरी, हातमा पूजा सामग्री र शिवप्रतिको अगाध आस्थासहित दर्शनका लागि लामबद्ध भक्तजनको दृश्यले पशुपतिनाथ क्षेत्र यति बेला धार्मिक आस्थाले भरिएको देखिन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया