दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, इतिहास जीवित रहिरहने छ: प्रधानमन्त्री

40 Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्ताको ‘ब्रोड पिक’मा ज्यान गुमाएका निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै प्रधानमन्त्री शाहले आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको बताएका छन् ।

उनले भनेका छन्, ‘विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ ।

उनले दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको बताउँदै उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहने बताएका छन् ।

‘निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ, उनले भनेका छन् ।

पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा गएको हिमपहिरोमा वेपत्ता भएका विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले शनिबार सञ्जालमार्फत गराएको हो ।