राष्ट्रपति र प्रधानमन्त्री शाहबीच भेटवार्ता

28 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतल निवासमा भेटवार्ता भएको छ । ​

देशवासीका नाममा सम्बोधन गरे लगत्तै केही बेरअघि राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको हो । सो भेटवार्ताका क्रममा उनीहरूबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको छ ।

भेटवार्ताका क्रममा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराएका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्‌भाव कायम गर्न सुझाव दिएका थिए।

राष्ट्रपति पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव क़ायम गर्न प्रधानमन्त्री शाहसँग आग्रह गरेका छन् ।

प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रपतिलाई भेट्न पुगेका प्रधानमन्त्री शाहले सनुसरी घटनाका कारण मुलुकमा उत्पन्न परिस्थितबारे ब्रिफिङ गरेका थिए ।