काठमाडौं । देशका विभिन्न स्थानमा विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयमा बिहीबार उच्चस्तरीय सुरक्षा बैठक बसेको छ।
बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका उच्च अधिकारीसँगै विभिन्न धार्मिक समुदायका प्रतिनिधिहरू सहभागी भएका छन्।
बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) र सशस्त्र प्रहरी बलका महानिरीक्षक (एआईजीपी)ले धार्मिक नेताहरूसँग शान्ति–सुरक्षा, सामाजिक सद्भाव र सम्भावित सुरक्षा चुनौतीबारे छलफल गरिरहेका छन्।
छलफलमा मुस्लिम आयोगका अध्यक्ष तथा एकजना हिन्दु धर्मगुरु सहभागी भएका छन्। त्यसैगरी नेपाली सेनाका एक उच्च अधिकारी पनि गृह मन्त्रालय पुगेका छन्।
यसैबीच गृहमन्त्री सुधन गुरुङ भने प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेपछि सुनसरीतर्फ प्रस्थान गरेका छन्। सुनसरीको पछिल्लो सुरक्षा अवस्थाको स्थलगत अनुगमन तथा आवश्यक समन्वयका लागि उनी त्यसतर्फ गएको स्रोतले जनाएको छ।
गृह मन्त्रालयले बैठकपछि शान्ति–सुरक्षा कायम राख्न आवश्यक थप निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ। पछिल्ला घटनाक्रमलाई ध्यानमा राख्दै सरकार सुरक्षा निकाय र धार्मिक समुदायबीच समन्वय बढाएर सामाजिक सद्भाव कायम राख्न केन्द्रित भएको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया