30
Shares
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज (बिहीबार) साँझ देशबासीको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको छ । यद्यपि सम्बोधन गर्ने निश्चित समय भने अझै तय भइसकेको छैन ।
यसअघि आज अपराह्न प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका गृहमन्त्री सुधन गुरूङ त्यसलगत्तै सुनसरी प्रस्थान गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीको सम्बोधनको विषयवस्तुबारे भने सचिवालयले कुनै जानकारी सार्वजनिक गरेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया