सुक्खा पहिरोबाट कर्णाली राजमार्ग अवरुद्ध

19 Shares

कर्णाली । कर्णाली राजमार्गको कालीकोट जुम्ला सडकखण्डमा पर्ने सेराबाडामा आज सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

खाँडाचक्र नगरपालिका–८ कालीकोट सेराबाडास्थित माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन आवातजावत पूर्ण रूपले बन्द भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिए ।

पहिरोसँगै झरेको ढुङगा सानो मेसिनले फुटाल्न नसक्ने भएपछि सडक डिभिजन कार्यालय जुम्लासँग समन्वय गरेर ठूलो स्काभेटर माग गरिएको छ ।

प्रजिअ भट्टराईले भने, ‘सडक डिभिजन कार्यालय जुम्लाको कालीकोटको टिमुरे भिरमा राखिएको एक्साभेटर ल्याइँदै छ । हामी जतिसक्दो छिटो सडक खुलाउने काममा लागि रहेका छौँ ।’