बैंकिङ कसुरमा प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ

31 Shares

काठमाडौं । बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ परेकी छन् ।

कर्जा प्रवाहमा अनियमितता गरेपछि उनलाई पक्राउ गरकेो केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता अनुपम शमशेर जबराले मकालुखबरलाई जानकारी दिए ।

पन्तलाई बुधबार अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । उनीमाथि अनुसन्धान गर्न दुई दिनको म्याद थप गरिएको छ । रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जामा अनियमितता भएको विषयमा अनुसन्धान हुने छ ।