34
Shares
गण्डकी । सुपरसेती जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका नेपाली सेनाको ब्यारेकमा क्षति पुगेको छ ।
केही दिनअघिको वर्षापछि सेती नदीमा आएको बाढीले कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा निर्माणाधीन ब्यारेकमा क्षति पुगेको हो ।
प्रिफ्याब र जस्ता प्रयोग गरेर बनाइएको ब्यारेकका तीन कोठा पूर्ण रूपमा क्षति भएको सार्दीखोला प्रहरी चौकीका वरिष्ठ हवल्दार टीकाराम गुरुङले जानकारी दिए ।
बाढीले सेनाको हातहतियारबाहेक लत्ताकपडा र अन्य सामग्री बगाएको छ । मङ्गलबार प्रहरीले घटनास्थल पुगी क्षतिको विवरण सङ्कलन गरेको थियो ।
भौगोलिक रूपमा टाढा र विकट रहेकाले घटनाबारे ढिला गरी खबर प्राप्त भएको हवल्दार गुरुङले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया