काठमाडाैं । लमजुङमा धन्सारमाथि पहिरो खस्दा २ जनाको मृत्यु भएको छ । मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको २ तले धन्सार भत्किएको हो ।
धन्सार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङ्दी गाउँपालिका १ घनपोखरा नायुका टिक बहादुर बिक र उनकी कान्छी छोरी विनिता बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । धन्सार भत्किँदा उनीहरूसहित ४ जना घाइते भएका थिए ।
घाइतेमध्ये आमा सुक कुमारी बिक र अर्की छोरी अस्मिता बिकको पश्चिमाञ्चल अस्पताल, पोखरामा उपचार भइरहेको प्रहरीले जनाएकाे हाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया