25
Shares
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनापछि कोशी प्रदेश प्रहरीको नेतृत्व परिवर्तन गरिएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा सरुवा गरेको हो ।
यसअघि कोशी प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ । सुनसरी घटनाका बेला घिमिरे नै कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा थिए ।
आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।
घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया