काठमाडौं । गृह मन्त्रालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको घटना छानबिन गर्न समिति गठन गरेको छ ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार बसेको बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । बैठकमा गृह मन्त्रालयका सचिव र सुरक्षा प्रमुखहरू सहभागी थिए । छानबिन समितिको नेतृत्व कसले गर्ने भन्ने यकिन भैसकेको छैन । समितिमा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य सचिव रहननुभएकाे छ। समितिमा सुरक्षा निकाय र ऊर्जा मन्त्रालयका प्रतिनिधि पनि रहने मन्त्रालयले जनाएकाे हाे।
आइतबार मध्यराति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहता रहेकाे प्रहरीले जनाएकाे हाे। हिन्दु समुदायले मन्दिरमा ठूलो स्वरमा डिजे बजाएको र त्यसअघि सो क्षेत्रको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झण्डा हटाएर हिन्दुको झन्डा राखेको विषयमा विवाद शुरु भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया