काठमाडाैं । केन्द्रीय अनुसन्धान ब्यरो (सिआइबी) ले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र लीक गर्नेको नाम सार्वजनिक गरेको छ।
सिआइबीले कैलाली घोडाघोडी नगरपालिका-११ घर भई हाल भक्तपुर मध्य थिमी-१ मा बस्ने ३३ वर्षीय सन्दीप सिंहको नाम सार्वजनिक गरेको हो।
उक्त प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले २/३ जनालाई सोधपुछको लागि नियन्त्रणमा लिएको थियो। तर उनीहरूको संलग्नता नदेखिएको भन्दै प्रहरीले उनीहरूलाई छाडेको थियो।
साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरू भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्न पत्र बाहिरिएको थियो।
‘एमबिएस फ्रस्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा परीक्षा सुरू भएको ५ मिनेटमै पठाइएको थियो। केही मिनेटमै सामाजिक सञ्जालमार्फत बाहिरिएको भन्दै फेसबुक पेज ‘टियु स्टुडेन्ट्स’ले त्रिविको ध्यानाकर्षण गराएको थियो। उक्त पेजले त्यही ह्वाट्सएप ग्रुपका स्क्रिनसटकहरू समेत सार्वजनिक गरेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया