धनुषामा वडा सदस्यको घरबाट ठूलो परिमाणमा डिएपी मल बरामद

34 Shares

काठमाडौं । धनुषा प्रहरीले जिल्लाको धनुषाधाम नगरपालिका–५ ९०० बिघास्थित वडा सदस्य सुरेश साहको घरबाट प्रहरीले ठुलो परिमाणमा रासायनिक डिएपी मल बरामद गरेको छ ।

वडा सदस्य साहले लुकाइछिपाइ डिएपी मल घरमा राखेको र रातिको समस्यामा महँगो मूल्यमा बिक्री गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरी चौकी ९०० बिघाबाट खटिएको टोलीले करिब ४०० बोरा डिएपी मल बरामद गरेको हो ।

वडा सदस्य साहको घरबाट बरामद भएको सो रासायनिक मलको स्रोत नभेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

नियन्त्रणमा लिइएको मल ट्याक्टरमा लोड गरेर इलाका प्रहरी कार्यालय धनुषाधाम ल्याउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । उनका अनुसार बरामद भएको मलको यकिन सङ्ख्या र त्यसको स्रोतबारे थप अनुसन्धान भइरहेको छ । वडा सदस्य साह फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ ।