आगामी मंसिरभित्र टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र सञ्चालनमा ल्याउने तयारी

29 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी मंसिरभित्र सञ्चालनमा टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र ल्याउने तयारी गरेको छ ।

महानगरले मंसिर अगाडि नै फोहोर स्थानान्तरण केन्द्र निर्माण सम्पन्न गरी मंसिरबाट सञ्चालनमा ल्याउने तयारी गरेको महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिनुभएकाे हाे । निर्माणाधीन केन्द्रको बुधबारअवलोकनपछि कार्यवाहक प्रमुख डंगोलले केन्द्र सञ्चालनमा आएपछि फोहोर व्यवस्थापनलाई आधुनिक र व्यवस्थित बनाईने बताउनुभयो । उहाँका अनुसार हाल अधिकांश स्थानमा खुला रूपमा फोहोर छुट्याउने काम भईरहेको छ ।

जसले प्रदुषण र स्वास्थ्य जोखिम बढेकोले महानगरले टेकुमा आधुनिक स्थानान्तरण केन्द्र निर्माण गर्न लागेको उहाँले जानकारी दिनुभयो । यस केन्द्रमा यान्त्रिक प्रणालीमार्फत फोहोर वर्गीकरण गर्ने उहाँले बताउनुभएकाे छ। उहाँका अनुसार केन्द्रमा मेटेरियल रिकभरी फेसिलिटी रहनेछ । जहाँ जैविक र अजैविक फोहोर छुट्याइने भउकाे हाे ।

कार्यवाहक प्रमुख ढंगोलले अजैविक फोहोर पुनः प्रयोगको लागि पठाइने र जैविक फोहोर बञ्चरेडाँडातर्फ व्यवस्थापन गरिने जानकारी दिनुभयो । उहाँले जैविक फोहोरहरुलाई कम्पोष्ट मल बनाउन उपयोग गर्नेतर्फ पनि योजना बनाएको बताउनुभएकाे छ। उहाँले केन्द्र सञ्चालनमा आएपछि बञ्चरेडाँडा पुग्ने फोहोरको मात्रा पनि घट्ने समेत बताउनुभयाे ।