काठमाडाैं । देशका ११ वटा जिल्लामा मंगलबार बाढीको मध्यम जोखिम रहेकाे छ ।
बाढी पूर्वानुमान महाशाखाले मंगलबार एक सूचना जारी गर्दै झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालिकोट, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई बहने स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएकाे हाे । महाशाखले साेही जिल्ला र नदी किनार आसपासका बासिन्दालाई शतर्कता अपनाउन समेत आग्रह गरेकाे छ।
मंगलबार दिउँसो देशका पहाडी भागका केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेकाे छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र मधेश प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाे छ।
त्यस्तै, बुधबार र बिहीबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीमा बहाव आकस्मिक रूपमा बढ्नसक्ने भएकाे महाशाखाले जनाएकाे हाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया