29
Shares
दाङ । दाङको गढवा गाउँपालिका–६ थानदेउखुरीमा टेबल पंखा मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ५६ वर्षीय रामशेबक यादव रहेका छन्। शनिबार दिउँसो करिब साढे ३ बजे आफ्नै घरको सुत्ने कोठामा टेबल पंखा मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।
घाइते यादवलाई तत्काल उपचारका लागि गढवा स्वास्थ्य चौकी लगिएको थियो। स्वास्थ्य चौकीमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया