काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन् । नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसमा निशा सुनार मृत फेला परेकी हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गेस्ट हाउस सञ्चालकले कोठाभित्र गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।
पोस्टमार्टमका लागि उनको शवलाई त्रिवि शिक्षण अस्पताल पठाइएको छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया