विधायन व्यवस्थापन र सार्वजनिक नीतिसहित ३ समितिको बैठक आज बस्दै

24 Shares

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका ३ वटा समितिका बैठकहरू सोमबार बस्ने भएका छन्।

समितिहरूले सूचना जारी गर्दै आफ्ना सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरेका हुन्।विधायन व्यवस्थापन समितिको ७६० औँ बैठक सोमबार दिउँसाे सवाँ २ बजे समितिको बैठक कक्षमा बस्ने भएकाे छ। बैठकमा ऐन कार्यान्वयन मापन, विधायिकी अन्तरसम्बन्ध र विविध विषयमा छलफल हुने संसद सचिवालयले जनाएकाे हाे।

त्यस्त, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३३७ औं बैठक साेमबार दिउँसाे १ बजे सिंहदरबारस्थित समितिको हलमा बस्नेछ। बैठकमा मधेश र बागमती प्रदेशअन्तर्गतका जिल्लाहरूमा गरिएको अनुगमनको समीक्षा र विविध विषयमा छलफल हुने भएकाे हाे ।

त्यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक सोमबार बिहान ११ बजे समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाद्वारा तयार पारिएको राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदनकाे बारेमा छलफल र विविध एजेन्डामा छलफल हुने सचिवालयले जनाएकाे हाे ।