अमेरिकी राष्ट्रपति ट्रम्प आज राति हुने फिफा विश्वकपको फाइनल खेलमा सहभागी हुँदै विजेता टोलीलाई ट्रफी प्रदान गरिंने

17 Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार मध्य राति हुने फिफा विश्वकप फुटबलको फाइनल खेलमा विशेष उपस्थितिका रूपमा सहभागी हुनुहुने भएकाे छ।

उहाँले स्पेन र अर्जेन्टिनाबीच हुने उपाधि भिडन्तपछि फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसँग मिलेर विजेता टोलीलाई ट्रफी प्रदान गर्ने कार्यक्रम रहेकाे हाे । राष्ट्रपति ट्रम्पले न्यु जर्सीमा हुने उक्त फाइनल खेलकाे प्रत्यक्ष अवलोकन गर्ने पहिलो विश्वकप खेल हुनेछ । यद्यपि, प्रतियोगिताका क्रममा उहाँको भूमिकाले यसअघि नै विवाद समेत निम्त्याएको छ ।

अन्तिम १६ चरणअघि अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनमाथिको रातो कार्ड फिर्ता लिन वा निलम्बन गर्न आग्रह गर्दै राष्ट्रपति ट्रम्पले फिफा अध्यक्ष इन्फान्टिनोलाई फोन गरेको समाचार सार्वजनिक भएको थियो । राष्ट्रपति ट्रम्पले यो विश्वकपलाई अहिलेसम्मकै सबै भन्दा सफल प्रतियोगिता भएको दावी गर्दै आउनुभएकाे छ । प्रतियोगिताले अमेरिकामा फुटबलप्रतिको आकर्षण र लोकप्रियता बढाएको उहाँको भनाइ थियाे।

राष्ट्रपति ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प, उहाँका छोरा ब्यारन ट्रम्प तथा मेलानियाका पिता भिक्टर नाभ्स पनि फाइनलमा उपस्थित हुने जनाइएको छ । त्यस्तै, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज तथा स्पेनी राजपरिवारका सदस्यहरू समेत फाइनल हेर्न पुग्ने भएका हुन् ।