विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश

14 Shares

काठमाडौँ । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई रिहा गर्न आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

पौडेल सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका थिए । बिहीबार मात्रै पौडेलविरुद्ध २० करोड ९० लाख बिगो कायम गर्दै मुद्दा दर्ता गरिएको थियो ।