काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको छ।
उहाँलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्राप्त भएपछि विभिन्न उद्योगी–व्यवसायी तथा व्यावसायिक संस्थाहरूले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्। यसैक्रममा काभ्रे उद्योग वाणिज्य संघले पनि सुरकृष्ण वैद्यलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्य र महासचिव रजित पलाञ्चोकेद्वारा जारी शुभकामना सन्देशमा सुरकृष्ण वैद्यको अनुभव, नेतृत्व क्षमता तथा निजी क्षेत्रप्रतिको समर्पणले महासंघलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ।
सुरकृष्ण वैद्य काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सल्लाहकारसमेत हुनुहुन्छ। उहाँले लामो समयदेखि उद्योग, व्यापार तथा निजी क्षेत्रको विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।
शुभकामना सन्देशमा कार्यवाहक अध्यक्षको रूपमा उहाँको कार्यकाल सफल, उपलब्धिमूलक तथा निजी क्षेत्रका समस्या समाधान, उद्योग–व्यापार प्रवर्द्धन, लगानी अभिवृद्धि र देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ मुलुकको निजी क्षेत्रको छाता संगठन हो। महासंघले उद्योग, व्यापार, लगानी, निर्यात, पर्यटन तथा उद्यमशीलताको विकासका लागि सरकारसँग सहकार्य गर्दै निजी क्षेत्रका साझा हितका विषयमा निरन्तर आवाज उठाउँदै आएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया