21
Shares
काठमाडाैं । अविरल वर्षासँगै आएकाे पहिराेका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड दुई तर्फी रुपमा सञ्चालनमा आएको छ ।
साेही सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो गएको थियो । तीनै ठाउँको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालय भरतपुरले मंगलबार बिहानदेखि मेसिन परिचालन गरी सडकको पहिरो हटाएसँगै सवारी साधर दुईतर्फी सञ्चालनमा आएकाे जनाएकाे छ।
सोमबार साँझ विभित्र ठाउँमा पहिरो आएर जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सवारी चलाउन रोक लगाएको थियो । सडक सञ्चालन भएपनि साँझदेखि होल्ड भएकोले सवारी साधनको चाप बढेको प्रहरीले जनाएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया