आत्मदाह प्रयास गरेका गणेशको मृत्युपछि वीर अस्पताल अगाडि प्रदर्शन

12 Shares

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्युभएपछि उनका आफन्तसहितले वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन् 

राहदानी विभाग अगाडि बिहीबार बाइकमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ह्वील लक गरेपछि नेपालीले आत्मदाहको प्रयास गरेका थिए । पछि उनलाई प्रहरीले वीर अस्पताल पुर्‍याएको थियो । भेन्टिलेटरमा उपचाररत नेपालीलाई शुक्रबार बिहान चिकित्सकले मृत घोषणा गरेको हाे ।

उनको मृत्युपछि आफन्तहरुले राज्यको लापरबाहीको कारण उनको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले कीर्तिपुरस्थित बर्न अस्पताल लग्नुको सट्टा वीर अस्पतालमा भर्ना गरेर मर्न बाध्य पारेको आरोप समेत लगाएका हुन् ।