काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँण र एमाले नेता टोपबहादुर रायमाझी दोषी ठहर गरेको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार उक्त प्रकरणमा मुछिएकामध्ये ७ जनाबाहेक अरूलाई दोषी ठहर गरेको हो । फैसलामा खाँडलाई ठगी तथा संगठित अपराधको कसुरमा मतियार भएको ठहर गरिएको छ भने, रायमाझीलाई ठगी तथा संगठित अपराधको कसुर गरेको फैसलामा उल्लेख छ । यस प्रकरणको मुद्दामा प्रतिवादी बनाइएका अधिकांश आरोपी कसुर ठहर भएका छन् ।
ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकामध्ये ७ जनालाई भने सफाइ दिएको छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, रामबहादुर थापा बादलका छोरा प्रतिक थापासहित ७ जनाले सफाइ पाएका हुन् ।
यस्तो छ जिल्ला अदालत काठमाडौंको आदेश
फेसबुकबाट तपाईको प्रतिक्रिया