एमालेका पूर्वसांसद कोइरीलाई जेल पठाउनुका कारण पेस गर्न सर्वोच्च अदालतको आदेश

15 Shares

काठमाडौँ । सर्वोच्च अदालतले एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई कारागार पठाउनुका कारण पेस गर्न सरकारका नाममा आदेश दिएको छ ।

आफ्ना बाबुलाई गैरकानुनी रूपमा थुनामा पठाइएको भन्दै लक्ष्मी कोइरीका छोरा मनोजकुमार महतोले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । त्यही निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले लक्ष्मी महतो कोइरीलाई पक्राउ गरी थुनामा पठाउनुका कारण पेस गर्न आदेश दिएको हो ।

मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी थमन विकलाई सांघातिक आक्रमण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा उच्च अदालत जनकपुरले गतसाता पूर्वसांसद कोइरीलाई ५ वर्ष कैद सजाय तोकेको थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर कारागार पठाएको थियो ।