कर्णाली नदीमा २ वटा शव फेला

101 Shares

दैलेख । दैलेखको साङ्गेतडाबाट गत बिहीबार खसेको गाडीको साेमबारसम्म पनि खोजी कार्य जारी रहेकाे छ।

गाडिमा सवार यात्रुहरु मध्ये एक जनाको मात्र शव भीरमा अड्किएको अवस्थामा भेटिएको थियो । अन्य व्यक्तिहरुकाे भने भेटिएका थिएनन्। गाडीमा भएका व्यक्तिहरुको अवस्था हालसम्म पनि एकिन हुन नसकिरहेको अवस्थामा कैलालीको मोहन्याल गाउँपालिका–६ सुँगुरखालमा अन्दाजी ३५ वर्षीय पुरुषको शव सोमबार बिहान फेला परेको छ ।

त्यस्तै, लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित बुरिङ्गे क्षेत्रमा अन्दाजी १७/१८ वर्षीया किशोरीको शव पनि फेला परेको हाे । दुवै शवको सनाखत हुन बाँकी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ। प्रहरीले शव गत बिहीबार कर्णाली नदीमा खसेको फोर्स गाडी दुर्घटनापछि बेपत्ता भएका दुई यात्रुको हुनसक्ने आशंका गरिएको जनाएकाे हाे।

शवको पहिचान तथा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।