8
Shares
काठमाडाैं । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार पत्रकार भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको जनाएकाे हो। भण्डारीविरुद्ध गालीगलौज सम्बन्धी मुद्दा अदालतसम्म पुगेको प्रहरीले बताएकाे छ। उक्त मुद्दामा अदालतले एक महिना ७ दिन कैद सजाय र जरिवानाको फैसला गरेको थियो।
प्रहरीले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा भण्डारीलाई पक्राउ गरिएको जानकारी दिएकाे छ। प्रहरीले पक्राउ परेका भण्डारीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी अदालतको फैसला कार्यान्वयन गरिने जनाएकाे हाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया