काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।
बुधबार तोलामा ६ सय रूपैयाँले घटेको सुनको मूल्य बिहीबार प्रतितोला ६ हजार दुई सय रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। बुधबार सुन प्रतितोला दुई लाख ७७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बुधबार प्रतितोला चार हजार दुई सय ७० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी बिहीबार चाँदी तोलामा चार हजार चार सय ५० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा प्रतितोला एक सय ८० रूपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया