संघीय संसदका दुवै सदनकाे बैठक आज बस्दै (कार्यसूचीसहित)

10 Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि र राष्ट्रियसभाका दुवै सदनकाे बैठक बिहीबार बस्ने भएकाे छ।

संसद् सचिवालयले बिहीबार बिहान ११ बजे बस्ने बैठकमा शुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यक्रम रहेको जनाएकाे हाे। त्यसपछि बैठक व्यवस्थापन कार्यतर्फ प्रवेश गर्ने भएकाे छ ।

प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३० औँ बैठकमा विभिन्न चार वटा महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने सम्भावित कार्यसूची तय गरिएकाे हाे। बैठकमा विभिन्न १३ वटा कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

साथै राष्ट्रियसभाको बैठक पनि बिहीबारै बस्दै छ । बैठक बिहीबार दिउँसो सवाँ १ बजे बस्ने भएकाे हाे । बैठकमा विनियोजन विधेयक २०८३ का विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यसूची छ ।