10
Shares
गण्डकी । पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको ९२ वर्षको उमेरमा निधन भएको छ । पोखरा महानगरपालिका–३ नदीपुरस्थित निवासमा गएराति निधन भएका पराजुलीको आज सेती नदी किनार तुलसीघाटमा अन्त्येष्टि गरिएको छ ।
उनी विसं २०४० देखि प्रकाशन सुरु भएको जनमत दैनिकको संस्थापक सम्पादक थिए । विभिन्न पत्रपत्रिकामा पराजुलीका खोजमूलक लेखरचना तथा केही कृति प्रकाशित छन् ।
पोखराको पत्रकारिता, शिक्षा र सामाजिक क्षेत्रमा उनको योगदान रहेको छ । पराजुलीका एक छोरा र चार छोरी छन् । उनको निधनमा नेपाल पत्रकार महासङ्घ, कास्कीले विज्ञप्तिमार्फत दुःख व्यक्त गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया