काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रथम महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यहरूले पद तथा गाेपनीयताकाे शपथ ग्रहण लिएका छन् ।
काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेमार्फत बुधबार नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू हरूले शपथ लिएका हुन् । यहि असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट ६ पदाधिकारी तथा ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । शपथ लगत्तै नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सभापति लामिछानेले घण्टीसहित मायाकाे चिनो र प्रमाणपत्र प्रदान गर्नुभएकाे छ।
त्यस्तै, बुधबार नै पहिलो केन्द्रीय समिति बैठक बोलाउने तयारी गरिएकाे हाे । साेही बैठकले मनोनित हुने ५१ जनाको विषयमा छलफल गर्ने रास्वपाले जनाएकाे छ। रास्वपाको सभापतिमा लामिछाने निर्विरोध निर्वाचित भइसक्नुभएकाे हाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया