13
Shares
काठमाडाैं । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाउँदा वायुसेवा कम्पनीहरूले भाडा घटाएका छन् ।
आयल निगमले बुधबारदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको हो । यससँगै वायुसेवा कम्पनीहरूले बुधबारैदेखि लागू हुने गरी भाडा घटाएका हुन् ।
काठमाडौंबाट सबैभन्दा टाढाको गन्तव्य धनगढीको भाडामा १७६५ रुपैयाँले कमी आएको छ भने नजिकको गन्तव्य सिमराको भाडा ३६० रुपैयाँले घटेको छ ।
वायुसेवा कम्पनीहरूले हवाई भाडामै जोडेर लिने इन्धन शुल्क घटाएका हुन् । प्राधिकरणले स्वीकृत गरेको दरअनुसार सुगम क्षेत्रदेखि दुर्गम क्षेत्रसम्मको इन्धन शुल्क घटेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया