चार अध्यादेश प्रतिस्थापन विधेयक संसदमा पेस

13 Shares

काठमाडौं । सरकारले ल्याएका ४ अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३ पेस भएका हुन् ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी विधेयक प्रस्तुत गर्नुभयो । उहाँले सम्पत्ति शुद्धिकरणको बिषयमा गरिने अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउन विद्यमान कानूनमा तत्काल संशोधन गर्न आवश्यक भएकाले संसदको अधिवेशन नचलेको अवस्थामा सरकारले अध्यायादेश जारी गरेकोमा अहिले प्रतिस्थापन विधेयक पेश गरेको जानकारी दिनुभयो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तै, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ तथा प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोश्रो संशोधन) विधेयक २०८३ सदनमा प्रस्तुत गर्नुभयो ।

बैठकमा कानूनमन्त्री गौतमले प्रधानमन्त्रीको तर्फबाट महालेखा परिक्षकको ६३ औं प्रतिवेदन समेत पेश गर्नुभएको छ ।