कोलम्बिया, पोर्चुगल र डिआर कङ्गो नकआउट चरणमा, बाहिरियो उज्बेकिस्तान

16 Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’को शीर्ष स्थानमा रहेको कोलम्बिया र दोस्रो स्थानको पोर्चुगलबीच आज भएको समूह चरणको अन्तिम खेल गोल रहित बराबरीमा सकिएको छ ।

यससँगै कोलम्बिया ७ अंकसहित समूह विजेता र पोर्चुगल ५ अंकसहित समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।

यही समूहको अर्को खेलमा डिआर कङ्गोले अंकविहिन उज्बेकिस्तानलाई ३-१ गोल अन्तरले हराउँदै ४ अंकसहित समूहमा तेस्रो स्थान बनाएको छ ।

यो समूहबाट कोलम्बिया, पोर्चुगल र डिआर कङ्गोले नकआउट चरणको आफ्नो यात्रा सुनिश्चित गरेका छन् भने अंकविहीन रहेको उज्बेकिस्तान बाहिरिएको छ।