काठमाडौँ । जेनजी अभियन्ता सल्यानका युवराज खड्का पक्राउ परेका छन् ।
सल्यान प्रहरीले सोमबार कुमाख गाउँपालिका–६ आनन्दपुर निवासी २९ वर्षीय खड्कालाई पक्राउ गरेको हो । उनलाई साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईका अनुसार उनलाई शारदा नगरपालिका–४ साइलाकम्दा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
खड्का साइबर क्राइम सम्बन्धी चालु मुद्दामा फरार रहेका थिए । गत भदौको जेनजी आन्दोलनपछि खड्काले आफूलाई सामाजिक सञ्जालमा समाजसेवीका रूपमा प्रस्तुत गर्दै आएका थिए ।
उनी विभिन्न बेथितिका विरुद्ध आफू सक्रिय रहेको दाबी गर्दै प्रचारित हुँदै आएका थिए । उनी विभिन्न सरकारी कार्यालयमा पुगेर कर्मचारी तथा जनप्रतिनिधिलाई धम्क्याउने गर्दथे ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया