काठमाडाैं । हाल कोशी प्रदशको केही स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भू-भागमा पश्चिमी र स्थानीय वायू प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।
साेमबार बिहान कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बादल लाग्ने भएकाे छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको हाे । कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
त्यस्तै, साेमबार दिउँसो भने देशका हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशकाे तराईमा साधारणतया बादल लाग्ने भएकाे हाे । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागकाकेही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको समेत सम्भावना छ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकाे तराईका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना हाे । लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशकाे तराई भू-भागका केही स्थानमा तातो दिन हुने सम्भावना महाशाखाले जनाएकाे छ।
त्यस्तै, साेमबार राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कोशी प्रदेशका तराईमा साधारणतया बादल लाग्नेछ । मधेश, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र कर्णाली प्रदेशको हिमाली तथा पहाडी भू-भागका केही स्थान मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेकाे हाे। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराईको केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको समेत सम्भावना छ ।
कोशी प्रदेशका पहाडी तथा तराई भू-भाग केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया