फिफा विश्वकप फुटबलमा अस्ट्रियाकाे जोर्डनमाथि सहज जित

9 Shares

काठमाडाैं । फिफा विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई पराजित गर्दै विजयी शुरुवात गरेकाे छ ।

सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बुधबार भएको खेलमा अस्ट्रियाले जोर्डन ३–१ गोल अन्तरले पराजित गरेकाे हाे। अस्ट्रियाले खेलको २१औँ मिनेटमा रोमानो स्मिडको गोलबाट अग्रता बनाएको थियो । खेलको ५०औँ मिनेटमा अली ओलवानले जोर्डनका लागि बराबरी गोल फर्काएका हुन् ।

जोर्डनले विश्वकपमा पहिलो गोल समेत गरेको हो । तर खेलको ७६औँ मिनेटमा याजन अल अरबको उपहार गोलमा अस्ट्रिया २–१ ले अगाडि रह्यो । साथै खेलको इन्जुरी समयमा अस्ट्रियाका मार्को अर्नाटुभिकले पेनाल्टीमा गोल गरेका थिए।

जोर्डनलाई ३–१ गाेलले पराजित गरेसँगै समूह ‘जे’ को अस्ट्रियाले महत्त्वपूर्ण ३ अंक जोडेको छ । विश्वकप फुटबलमा बुधबार राति पौने ११ बजे पोर्चुगल र कङगोबीच प्रतिस्पर्धा हुने भएकाे हाे ।