सुकुम्बासीहरूलाई तत्काल पुनर्वासको व्यवस्था गर्न सरकारसँग अध्यक्ष राईकाे माग

139 Shares

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले डोजर चलाएर बेघरबार बनाएर सुकुम्बासीहरुलाई उनीहरु बसेको पुरानै ठाउँमा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभाकाे बुधबार बसेकाे बैठकमा बोल्दै अध्यक्ष राईले यस्ताे माग गर्नुभएकाे हाे। डोजर आतंकबाट विस्थापित भएका सुकुम्बासीहरुले होल्डिङ सेन्टरमा खाना र पानीको समेत अभाव झेलिरहेको उल्लेख गर्नुभयाे । उहाँले उनीहरुलाई राहत दिने र पुनर्वासको तत्काल व्यवस्था गर्न सरकारलाई सचेत गराउनुभएकाे छ। अध्यक्ष राईको प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धि अभिव्यक्ति संसदको रेडर्कबाट नहटेसम्म आफूहरुको विराेध संसदमा जारी रहने पनि स्पष्ट पार्नुभयो ।‍..

अध्यक्ष राईले सहर व्यवस्थापनका लागि विनियोजन गरेको बजेट सुकुम्बासीहरुको पुनर्वासका लागि खर्च गर्न सरकारलाई सुझाव समेत दिनुभयो ।